राजनीतिक अस्थिरताका कारण देश विकासले गति लिन सकेन: अध्यक्ष ओली
काठमाडाैं | माघ २२, २०७९
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताका कारण देश विकासले गति लिन नसकेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर अध्यक्ष ओलीले देशको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताए।
उनले ००७ सालपछिका कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताए। उनले भने, '००७ सालको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न सकेन्। ०१५ सालको पहिलो निर्वाचित जनप्रतिनिधिसमेत दुई वर्ष पुग्न नपाउँदै अपदस्थ गरिए, थुनामा राखिए र लोकतन्त्र अपहरित गरियो।'
नयाँ संविधान जारी भएपछि वर्षैपिच्छे प्रधानमन्त्री फेरिएको बताउँदै ओलीले भने, 'राजनीतिक स्थायित्व गरी जारी भएको संविधानपछि पनि सात वर्षभित्र सात जना प्रधानमन्त्री फेरिए। हामीले राजनीतिक स्थायीत्वका साथ नयाँ संविधान जारी गर्यौँ। तर स्थायीत्व कस्तो भने वर्षमा एउटा प्रधानमन्त्री फेरिने।'
ओलीले आफूहरूले राजनीतिक स्थिरताको सँधै अपेक्षा गरे पनि अस्थिरतामात्र हात परेको बताए। उनले भने, 'हाम्रो चाहना प्रयास र खोजी स्थिरता र स्थायीत्वको रह्यो। तर, हाम्रो प्राप्ती भने सँधै अस्थिरता रह्यो।'
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

